
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आइतबार अपरान्ह ३ बजेसम्म झण्डै ६५ प्रतिशत मत खसेको छ ।
सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार ३ बजेसम्म १६ हजार ८७३ मत खसेको हो ।
ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका छन् । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा मतदान जारी रहेको छ ।
आइतबार बिहान ७ बजेदेखि शुरू भएको मतदान शान्तिपूर्णरूपमा चलिरहेको मोरङ प्रहरीले जनाएको छ ।