०५ साउन २०८३, मंगलबार

मुसिकोट- १ मा खस्यो ५७ प्रतिशत मत

मंसिर १६, २०८१
बुटवल
मुसिकोट- १ मा खस्यो ५७ प्रतिशत मत

गुल्मीको मुसिकोट नगरपालिका–१ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा ५७.०५ प्रतिशत अर्थात दुई हजार ३३४ मत खसेको छ ।

वडा नम्बर १ मा चार हजार ९१ मतदाता रहेका छन् ।

नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा एक हजार १७२ खसेको सहायक मतदान अधिकृत कमल पन्थीले बताए ।

त्यस्तै सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा सात सय ३० मत खसेको मतदान अधिकृत हरिप्रसाद गैरेले जानकारी दिए ।

त्यस्तै जनज्योति मावि मतदान केन्द्रमा चार सय ३२ मत खसेको मतदान अधिकृत हरिहर शर्मा तिवारीले जानकारी दिए ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्