३१ असार २०८३, बुधबार

प्रधानमन्त्री चीन उड्नु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

मंसिर १६, २०८१
काठमाडौं
प्रधानमन्त्री चीन उड्नु अघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक

प्रधनमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि आइतबार साँझ मन्त्रिपरिषद् बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणसहितको विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए । 

चीन भ्रमणको क्रममा बीआरआई सम्झौतका विषयमासमेत छलफल हुँदैछ । चीनले बीआरआई कार्यान्वयन गर्न प्रस्ताव पठाए पनि सत्तारुढ दुई दलले ‘बीआरआई कोल्याबरेसन एग्रिमेन्ट’मा सहमति गर्ने तयारी गरेका छन् । 

एग्रिमेन्टको रूपमा स्वीकारेपछि यसमा आयोजना विशेष, लगानीको मोलालिटीसहितका विषय आपसी छलफलले टुंग्याउने गरी दुई दलले समझदारी गरेका छन् । यही समझदारीबारे चीनलाई पनि जानकारी गराइको छ । 

प्रधानमन्त्री ओलीले सोमबारबाट चार दिने चीन भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका क्रममा ओलीले चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । दुई देशबीच केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्