
प्रधनमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानु अघि आइतबार साँझ मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री ओलीको चीन भ्रमणसहितको विषयमा छलफल गर्न बैठक बसेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए ।
चीन भ्रमणको क्रममा बीआरआई सम्झौतका विषयमासमेत छलफल हुँदैछ । चीनले बीआरआई कार्यान्वयन गर्न प्रस्ताव पठाए पनि सत्तारुढ दुई दलले ‘बीआरआई कोल्याबरेसन एग्रिमेन्ट’मा सहमति गर्ने तयारी गरेका छन् ।
एग्रिमेन्टको रूपमा स्वीकारेपछि यसमा आयोजना विशेष, लगानीको मोलालिटीसहितका विषय आपसी छलफलले टुंग्याउने गरी दुई दलले समझदारी गरेका छन् । यही समझदारीबारे चीनलाई पनि जानकारी गराइको छ ।
प्रधानमन्त्री ओलीले सोमबारबाट चार दिने चीन भ्रमण गर्न लागेका हुन् ।
भ्रमणका क्रममा ओलीले चिनिया राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन् । दुई देशबीच केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने जनाइएको छ ।