
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा सडक मर्मतका क्रममा पुरिएर घाइते भएका चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई थप उपचारका लागि सुर्खेत पुर्याइएको छ।
आइतबार सडक मर्मतका क्रममा पुरिएर घाइते भएका उनीहरूलाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल लगिएको हो ।
सडक मर्मतका क्रममा अचानक पहिरो खस्दा पुरिएर उनीहरू घाइते भएका थिए ।
घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।