
ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–३ मा भएको वडाध्यक्षको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेकपा एमालेकी कुमारी सावादेन अग्रस्थानमा रहेकी छन् । उनले ८३ मत प्राप्त गरेकी छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी, नेपाली कांग्रेसका भीम कुमार लक्सम्वाले ५५ मत ल्याएका छन् । माओवादी केन्द्रका अम्वी साउदेनले ४७ मत प्राप्त गरेका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बुले १३ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका देवी प्रसाद पौडेलले ३ मत प्राप्त गरेका छन् ।