१० साउन २०८३, आइतबार
उपनिर्वाचनमा कांग्रेस हाबी

उपनिर्वाचनको नतिजा: अधिकांशमा कांग्रेसले मार्यो बाजी, अहिलेसम्म कहाँ को विजयी ?

मंसिर १६, २०८१
काठमाडौं
उपनिर्वाचनको नतिजा: अधिकांशमा कांग्रेसले मार्यो बाजी, अहिलेसम्म कहाँ को विजयी ?

आइतबार सम्पन्न उपनिर्वाचनको नतिजामा विभिन्न जिल्लामा दलहरूको कडा प्रतिस्पर्धा देखिएको छ । अहिलेसम्म मतगणना सम्पन्न भएका देशभरका दश वडाको परिणाम यस्तो छ ।

ओखलढुंगा,मोलुङ गाउँपालिका ५
नेकपा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी घनश्याम दाहाल (नेपाली कांग्रेस) ले १७७ मत प्राप्त गरे।

रुकुम पश्चिम,सानीभेरी गाउँपालिका ५
नेपाली कांग्रेसका मोतिराम खत्री ५९० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जसिराम खत्री (नेकपा माओवादी केन्द्र) ले ५३७ मत प्राप्त गरे । कांग्रेसले यस क्षेत्रमा ५३ मतको अन्तरले विजय प्राप्त गरेको छ ।

जाजरकोट,कुशे गाउँपालिका ७
नेपाली कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसँगै विजयी भए । माओवादी केन्द्रका गोरखबहादुर सिंह ३३२ मतसहित दोस्रो स्थानमा रहे ।

दार्चुला,दुहु-५
नेपाली कांग्रेसका धनसिंह कुँवर ३७४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी मानसिंह बडाल (नेकपा एमाले)ले ३५८ मत ल्याए ।

रोल्पा,रून्टीगढी गाउँपालिका ४
नेपाली कांग्रेसका भुपमणि पुन मगर ६४३ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी बेगम पुन मगर (नेकपा एमाले) ५३५ मत ल्याए ।

कालिकोट,तिलागुफा नगरपालिका ४
नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मत प्राप्त गरेर विजयी भए । माओवादी केन्द्रका नैसोभा शाही ११५ मत ल्याएर दोस्रो भए ।

डोटी,पूर्वीचौकी गाउँपालिका ६
नेपाली कांग्रेसका मोहन थापा ४६८ मत ल्याएर विजयी भए । उनले नेकपा एमालेका देव थापा (३०१ मत) र माओवादी केन्द्रका देवीलाल थापा (२६ मत)लाई पराजित गरे ।

गोरखा,नगरपालिका वडा ५
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरेर विजयी भए। उनले नेपाली कांग्रेसका भाइकाजी आले (४०२ मत) र एमालेकी दुर्गामाया थापा राना (३४५ मत)लाई पछाडि पार्दै विजय प्राप्त गरे ।

दैलेख,दुल्लु नगरपालिका १३
नेकपा एमालेका लालबहादुर शाही ५७४ मत प्राप्त गरेर विजयी भए । कांग्रेसका रेश्मबहादुर शाही ५७१ मतसहित दोस्रो स्थानमा रहे । यहाँको उपनिर्वाचनमा एमालेले कांग्रेसलाई ३ मतको अन्तरले पराजित गर्यो ।

रौतहट,ईशनाथ नगरपालिका ७
नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मत प्राप्त गरेर विजयी भए । उनले नेकपा एमालेका शेख अनवार (५७५ मत) लाई हराए ।

salt training

कमेन्ट गर्नुहोस्