२३ जेठ २०८३, शनिबार

ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

मंसिर १७, २०८१
काठमाडौं
ताप्लेजुङको सिरिजङ्घा–३ एमालेका सावादेन निर्वाचित

 ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारी सावादेन निर्वाचित भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा उनले तीन सय ५३ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत विकास श्रेष्ठले जानकारी दिए । 

सावादेनका निकटम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अम्वी सावादेनले दुई सय ५१ मत प्राप्त गरे । साथै नेपाली कांग्रेसका भीमकुमार लक्सम्वाले दुई सय १८ प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवीप्रसाद पौडेल सात मत प्राप्त गरे । 

salt training

कमेन्ट गर्नुहोस्