
मोरङको ग्रामथानमा नेकपा (माओवादी केन्द्र)ले शुरूआती अग्रता लिएको छ ।
आइतबार भएको उपनिर्वाचनअन्तर्गत प्रारम्भिक मतगणनाअनुसार माओवादी उम्मेदवार नमोनारयण माझीले अग्रता कायम गरेका छन् ।
उनले ग्रामथान गाउँपालिको १ र २ नम्बर वडाको गणना सकिँदा ६७४ मतले अग्रता कायम गरेका छन ।
निर्वाचन आयोगका अनुसार माझीले २४ सय ११ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदार थारूले १७३७ मत ल्याएर पछ्याउँदै छन् ।
एमालेका उम्मेदवार तुलसी विश्वासले ९८५ मत प्राप्त गरेका छन् ।