
दाङमा कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका-१५ अमृत टोलस्थित ठाकुर खनालले पैसाको हारजित हुनेगरी जुवाको रूपमा कौडा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
जुवाको रूपमा कौडा खेलिरहेको अवस्थामा कौडा थान-१६, कौडा खेल्न भुइँमा ओछ्याएको चेकवाला तन्ना थान-१, एक लाख ५२ हजार ५५ रुपैयाँसहित १७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता इश्वर थापाले जानकारी दिए ।