१४ असार २०८३, आइतबार
एनपीएल क्रिकेट

काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट चट्कायो

मंसिर १७, २०८१
काठमाडौं
काठमाडौंविरुद्ध चितवनको सानदार शुरूआत, पावरप्लेमै चार विकेट चट्कायो

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमाडौं गुर्खाज् भिडिरहेका छन् । सोमबार बिहान त्रिवि मैदानमा टस जितेर बलिङ रोजेको चितवनले सानदार शुरूआत गरेको छ । 

चितवनले पावरप्लेमै चार विकेट चट्काएको हो । पावरप्ले सकिँदा काठमाडौंले चार विकेट गुमाउँदै ३९ रन बनाएर खेलिरहेको छ । 

काठमाडौंका स्टेफेन एसकिनाजी २ रन मात्रै बनाएर आउट भए । त्यस्तै, मिचेल लेभिटले १६ बलमा २५ रन बनाए । गेह्राल्ड इरासमस ४ रनमा आउट भए । यस्तै, भीम सार्की एक रनमा आउट भए । 

पावर प्लेमा चितवनका सोहन तानविरले दुई र कुशल मल्लले एक विकेट लिए । 

आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच दिउँसो १:१५ बजे  हुनेछ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्