
नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ । सोमबार कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । अनिलकुमार शाहको कप्तानीमा रहेको जनकपुरले बलिङ गर्नेछ ।
उद्घाटन खेलमा जनकपुरले विराटनगर बोल्ट्सलाई ८ विकेटले हराएको थियो । जनकपुर दोस्रो जितको दाउमा छ ।
कर्णाली याक्स विजयी सुरुवात गर्ने योजनामा छ ।
आज नै भएको पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै चितवन राइनोजले विजयी शुरूआत गरेको छ ।