
साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार बढेको छ ।
लगातार २ दिनको गिरावटपछि नेप्से परिसूचक १९.९७ अंकले बढेको हो ।
शुरूमा आक्रामक ढंगले बढेको बजार १२ बजेपछि केही सुस्ताएको थियो । २ बजेपछि बिक्री चाप देखिँदा वृद्धि १९ अंकमा सीमित भएको हो ।
सोमबार तारागाउँ रिजेन्सी होटल, विशाल बजार कम्पनी र खानीखोला हाइड्रोपावरको मूल्यमा १० प्रतिशत वृद्धि भएको छ ।
नेपाल फाइनान्समा सर्वाधिक ८.७२ अंकको गिरावट देखिएको छ ।
सोमबार कारोबार रकम पनि १० अर्ब नाघेको छ । २ करोड ३० लाख कित्ताभन्दा बढी शेयर किनबेच हुँदा १० अर्ब ५४ करोडको कारोबार भएको छ ।