०६ असार २०८३, शनिबार

नेपालमै पहिलोपटक आयो उत्कृष्ट सुविधाले सम्पन्न र नेपाली भू-बनावट सुहाउँदो माउन्टेन ईभी

मंसिर १७, २०८१
काठमाडौं
नेपालमै पहिलोपटक आयो उत्कृष्ट सुविधाले सम्पन्न र नेपाली भू-बनावट सुहाउँदो माउन्टेन ईभी

​नेपालमा हालसालै लन्च भएको प्यासेन्जर भ्यान माउन्टेन ईभीको नयाँ संस्करणको आगमनले एउटा नयाँ कोसेढुङ्गा कायम गरेको छ।​

स्पेसिफिकेसनको मामिलामा यस विद्युतीय गाडीले आफ्ना प्रतिस्पर्धी ब्रान्डहरूलाई धेरै नै पछाडि छोडेको छ।

यसमा भएको ब्याट्रीको ५३.८ किलोवाट हावरको क्षमता यस खाले गाडीहरूको श्रेणीमा सबैभन्दा उत्कृष्ट रहेको छ। यसका साथै यसको १३० किलोवाटको पीक पावर पनि यो श्रेणीमा उत्कृष्ट र नेपालमा पहिलोपटक हो।

विद्युतीय गाडीसँगै अन्य हल्का सवारी साधनहरूको परीक्षण गरिने मापदण्ड न्यू युरोपियन ड्राइभिङ् साइकल (NEDC) द्वारा प्रमाणित यस गाडीको ३०० किमीको दायरा पनि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट रहेको छ।

यसले नेपालमा उपलब्ध यस श्रेणीका गाडीहरूमा नै सबैभन्दा उत्कृष्ट ३३० एनएमको टर्क पनि उत्पादन गर्दछ जसले यसलाई २५ प्रतिशत स्लोप भएको अति उकालो बाटोहरूमा पनि चढ्न योग्य तुल्याउँछ।

यस माउन्टेन ईभी गाडीले यसका प्रतिस्पर्धीहरूसँग नरहेका थुप्रै उन्नत सुरक्षा सुविधा पनि नेपालमा पहिलो पटक भित्र्याएको छ। यसमा रहेको अटो होल्ड कन्ट्रोलको उत्कृष्ट सुविधाले चालकलाई पछिल्लोपटक सिर्जना गरिएकै चापमा ब्रेक लगाउन सघाउँछ।

​ यसले गर्दा ट्राफिक लाइटमा रोकिँदा वा स्थिर रहनु पर्ने अन्य अवस्थामा चालकले ब्रेक थिचिरहनु जरुरी हुँदैन। यस गाडीको रहेको स्मार्ट पार्किङको सुविधा पनि आफ्नो श्रेणीमा उत्कृष्ट र नेपालमा पहिलो पटक अनुभव गरिएको छ।

यस बाहेक यसमा भएको दुई ड्राइभिङ मोडहरू: इको र पावर पनि यस श्रेणीमा उत्कृष्ट रहेको छ। साथै यसमा भएको भएको हिल होल्ड कन्ट्रोल (HHC) को उत्कृष्ट सुरक्षा सुविधा पनि नेपालमा नै पहिलो पटक अनुभव गरिएको हो जसले गाडीलाई उकालोमा चलाउँदा पछाडि घस्रिन दिँदैन र यात्रुहरूको सुरक्षाको पूर्ण सुनिश्चितता प्रदान गर्दछ। यस बाहेक यसमा जडित टायरको R16 साइजले पनि यसलाई आफ्नो श्रेणीमा उत्कृष्ट बनाउँछ।

समग्रमा, ईभी श्रेणीको प्यासेन्जर भ्यानमा नेपाली माटो र बाटो सुहाउँदो सुविधा र उत्कृष्ट सुरक्षाका प्रणालीहरूले सम्पन्न फोटोनको माउन्टेन ईभी भ्यानले धेरै नयाँ फिचरहरू नेपालमा ल्याएर एउटा नयाँ मानक स्थापित गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्