२४ जेठ २०८३, आइतबार

मोदी कूटनीति: विदेश भ्रमणमा कश्मिरी पश्मीना र केशरको ब्राण्डिङ

मंसिर १७, २०८१
काठमाडौं
मोदी कूटनीति: विदेश भ्रमणमा कश्मिरी पश्मीना र केशरको ब्राण्डिङ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूलाई कश्मीरका हस्तशिल्पका विभिन्न सामानलाई 'ब्रान्ड एम्बेसडर'का रूपमा प्रस्तुत गर्दै कश्मीरको सांस्कृतिक सम्पदालाई सम्पूर्ण विश्वमा चिनाउने प्रयास गरेका छन् ।

उनले आफ्नो हरेको विदेश भ्रमणमा भारतको कूटनीतिक एजेन्डा मात्र लिँदैनन्, बरू भारतको समृद्ध सांस्कृतिक धरोहर पनि सेयर गर्छन्, जसले भारतको विविधता र एकतालाई सम्मान गरिरहेको छ ।

मोदीको यस्तो सांस्कृतिक र कूटनीतिक प्रस्तुतिले भारतको सांस्कृतिक विविधता सबै देशमा चिनाउन मद्दत पुर्याएको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

पछिल्लो विदेश भ्रमणमा मोदीले अफ्रिकाको नाइजरिया, दक्षिण अमेरिकाको ब्राजिल र गुयानामा भारतको विविधता र सांस्कृतिक धरोहर प्रस्तुत गर्न भन्दै १५ वटा अनौठो उपहार लिएर गएका थिए ।

उनले बेलायतका प्रधानमन्त्री र गुयानाकी प्रथम महिलालाई कश्मिरमा बनेको पश्मिना र केशर उपहार दिएका थिए ।

यीबाहेक अन्य उपहारहरू भारतका विभिन्न क्षेत्रहरूबाट संकलन गरिएको थियो । प्रत्येक उपहारले भारतीय शिल्पकला र परम्पराका विविध पक्षलाई उजागर गरेको थियो ।

मोदीले आफ्ना भ्रमणका क्रममा महाराष्ट्र, जम्मू-कश्मीर, आन्ध्र प्रदेश, राजस्थान, झारखण्ड, कर्नाटका, तमिलनाडु, उत्तर प्रदेश, बिहार, ओडिशा र लद्दाखका विभिन्न हस्तशिल्पका १५ भन्दा बढी उपहार विभिन्न देशका राष्ट्र प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

कोल्हापुरको सिलोफर पञ्चामृत कलश, वारली चित्रकला र प्राकृतिक एमेथिस्ट र चाँदीको ऊँटको शीरसहितका विभिन्न उपहारहरू महाराष्ट्रबाट संकलन गरिएका थिए ।

वारली चित्रकला विशेष रूपमा ब्राजिलका राष्ट्रपति र क्यारीकम देशका नेताहरूलाई प्रदान गरिएको थियो ।

प्रधानमन्त्री मोदीको विदेश भ्रमणमा विशेष गरी कश्मीरी हस्तशिल्प विशेष ध्यानाकर्षणको बिषय बन्ने गरेको छ ।

उनले कश्मिरको उत्पादन प्रवर्द्धन गर्न पश्मिना र केशरलाई विशेष महत्त्व दिने गरेका छन् । यी उपहारहरूले कश्मीरको शिल्पकला र संस्कृतिको सम्पूर्णता र सौन्दर्यलाई समेटेको भारतीय सञ्चारमाध्यमहरू दाबी गर्छन् ।

प्रधानमन्त्री मोदीको यो कूटनीतिले भारतलाई विश्वमा सांस्कृतिक महत्त्वका साथ प्रस्तुत गर्न सहज बनाएको छ । भारतको सांस्कृतिक धरोहर र विविधतासँगै राष्ट्रको एकता र अन्तर्राष्ट्रिय सम्बन्धलाई बढोत्तरी गर्न मोदीले कुनै पनि कसर बाँकी छाडेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्