२३ जेठ २०८३, शनिबार

डोनाल्ड ट्रम्पसँग गल्फ खेल्न गएका जापानी प्रधानमन्त्री जब लडे, भिडियो भयो भाइरल

कात्तिक २६, २०७४
डोनाल्ड ट्रम्पसँग गल्फ खेल्न गएका जापानी प्रधानमन्त्री जब लडे, भिडियो भयो भाइरल

जापानका प्रधानमन्त्री शिन्जो आवे गल्फ खेल्ने क्रममा लडेका छन् । जमीमा लडेका उनी आफै उठेका थिए ।

उनी लडेको बारे भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाहा पाएनन् । 


डोनाल्ड ट्रम्प एसियाली देशहरुको भ्रमणमा आएको समय जापानका प्रधानमन्त्री सिन्जो आवेसँग गल्फ खेल्न निस्किएका थिए । तर त्यस समय जापानी प्रधानमन्त्री चिप्लिएर लडे जुन भिडियो पछिल्ला दिनमा भाइरल भएको छ । 


डोनाल्ड ट्रम्प गल्फ खेल्न निकै मनपराउँछन् । सायद यही भएर जापानी प्रधानमन्त्री उनका साथ गल्फ खेल्ने फैसला गरेका थिए ।

जापानी प्रधानमन्त्री यसबीचमा सेतो स्वेटर लगाएर गएका थिए । जापानी टिभी च्यानहरुले उक्त समय दुवै देशमा रष्ट्रपतिहरुले खेलेको खेलको रेकर्ड गरेका थिए । उनले खेल खेलेको भन्दा पहिला नै आवे लडेको क्लिप सामाजिक सञ्जालहरुमा भाइरल भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्