
त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबारको खेलमा पोखरा एभेन्जर्सले खराब शुरूआत गरेको छ ।
पोखरको पहिलो ओभरमै तीन विकेट पतन भएको छ। पाकिस्तानका फास्ट बलर सोहेल तनवीरको पहिलो ओभरमै पोखरााका कप्तान कुशल भुर्तेल, दिलीप नाथ र बस डी लीडे आउट भएका छन् ।
पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल पहिलो बलमै डक आउट भए। त्यसैगरी, दिलीप नाथले एउटा चौक्सासहित ४ रन बनाएर आउट भएका छन् भने लीडे पनि खाता नै नखोली पेवेलियन फर्किएका छन् ।
चितवन राइनोजले पोखरालाई दिएको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखराको टोली धर्मराएको हो ।