२३ असार २०८३, मंगलबार

लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार

मंसिर १८, २०८१
काठमाडौं
लगातार दोस्रो दिन पनि दोहोरो अङ्कले बढ्यो शेयर बजार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले बढेको छ ।

साताको तेस्रो कारोबारका दिन मङ्गलबार नेप्से परिसूचक १७.८० अङ्कले बढेर २७७५.८५ को विन्दुमा अडिएको हो ।

यस दिन बजारमा १ करोड ८१ लाख ६० हजार ६३४ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५२ करोड १२ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन सोमबार १९.९७ अङ्कले बढेको बजारमा २ करोड ३० लाख कित्ता शेयर किनबेच हुँदा १० अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको थियो । 

आज दिव्यश्वरी हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ ।

त्यस्तै, कारोबारका आधारमा ङादी ग्रुप पावर २६ करोड ७४ लाख ३७ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्