०९ साउन २०८३, शनिबार

थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

मंसिर १८, २०८१
काठमाडौं
थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

नोभेम्बरको अन्त्यदेखि दक्षिणी थाइल्याण्डका बाह्र प्रान्तमा बाढीले चार लाख १० हजार ४५१ मानिसहरूलाई प्रभावित बनाएको छ । 

थाई सरकारको जनसम्पर्क विभागले पट्टानी, नाराथिवाट, सोङ्खला र याला प्रान्तमा बाढीका कारण २२ हजारभन्दा बढी मानिसहरु बाढीबमाट विस्थापित भएको जनाएको छ ।​

सोङखलाको पोल्ट्री फार्मका मालिक सुवास बिन–उमाले भने, 'बाढीले १० हजार भन्दा बढी कुखुरा नष्ट गर्दा मैले कम्तीमा तीन लाख भाट गुमाएँ ।'

थाई मौसम विभागले मङ्गलबार डिसेम्बर छ सम्म भारी वर्षा जारी रहने चेतावनी दिएको छ ।

सरकारले बाढी प्रभावित बासिन्दाहरूलाई सहयोग गर्न उद्धार टोली खटाएको र प्रत्येक प्रदेशलाई बाढी राहतका लागि छ करोड भाट तोकिएको छ ।

मङ्गलबार थाई मन्त्रिपरिषद्ले प्रभावितहरूलाई सहयोग गर्न प्रति परिवार नौ हजार भाट भुक्तानलाई अनुमोदन गरेको छ ।

छिमेकी उत्तरी मलेसियामा प्रकोप अधिकारीहरूले मङ्गलबार बाढीका कारण ९४ हजार भन्दा बढी मानिसहरू अझै पनि आफ्नो घर फर्कन नसकेका जनाएका छन् । पाँच जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ ।

सन् २०११ मा, देशभरि व्यापक बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लियो र लाखौं घरहरूलाई क्षति पुर्‍याएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्