२५ जेठ २०८३, सोमबार

अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ व्यवसाय

मंसिर २१, २०८१
काठमाडौं
अभिनेत्री गिरीले थालिन् नेपालमै पहिलो पटक ‘लग्जरी होम सलून’ व्यवसाय

नेपाली तथा भोजपुरी फिल्ममा अभिनय गरेर स्थापित अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेट शैलीको सौन्दर्य व्यवसायको थालनी गरेकी छिन् ।

काठमाडौंको कमलपोखरीमा सञ्चालनमा आएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यकाभित्र सेवा दिने बताएकी छन् । 

काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलूनको सेवा पाउनबाट बन्चित दिदी–बहिनीलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीले बताइन् । 

अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रूपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताएकी छिन् । कमलपोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ ले सेवाग्राहीलाई उनीहरूले बोलाएको ठाउँमै गएर व्युटीपार्लरसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने छ । 

‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित कलाकार गिरीले काठमाडौं उपत्यकाका लागि ‘लक्जरी सलून एट होम’को अवधारणा अनुसार यो सेवाको थालनी गरेकी हुन् ।

कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीहरूले उक्त होम सलूनको समुद्घाटन गरेका छन् । कलाकार गिरीका अनुसार यो सेवा नेपालमा पहिला पटक शुरू गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्