
भुटानका राजा जिग्मे वाङचुक आज नेपाल आउने भएका छन्। भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान ड्रुक एयरको उडान नम्बर केबी २०५ बाट उनी काठमाडौं आउने भएका हुन्।
केही घण्टाका लापग भुटानी राजा वाङचुक काठमाडौं आएपछि उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन्।
भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन्।
भुटानका राजा नेपाल आउने भएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाह र भुटानी राजाबीच कुनै भेटघाट नरहेको बताइएको छ । शाहका संवाद सचिव फणि पाठकले पूर्वराजा अहिले नेपालगन्जमा रहेको भन्दै भेटघाट हुनेबारे थाहा नभएको बताए ।
केही समयअघि पूर्वराजा भुटान जाँदा भुटानी राजाले भव्य स्वागत गरेका थिए ।