१६ असार २०८३, मंगलबार
एनपीएल क्रिकेट

कर्णालीको पहिलो जीत

मंसिर २१, २०८१
काठमाडौं
कर्णालीको पहिलो जीत

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले पहिलो जीत हात पारेको छ । शुक्रबार मध्याह्न चितवन राइनोजलाई सात विकेटले हराउँदै पहिलो जीत दर्ता गरेको हो । 

चितवनले दिएको १३० रनको लक्ष्य कर्णालीले अन्तिम ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । पहिलो जितसँगै कर्णालीले दुई खेलको हारको शृंखलाई ब्रेक गर्दै २ अंक जोडेको छ । यसअघि लगातार दुई खेल जितेर लयमा रहेको चितवनको यो पहिलो हार हो ।

कर्णालीका शिखर धवनले ४५ रन बनाएपछि कर्णालीले १३१ रनको लक्ष्य १९‍.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । चाडविक वाल्टनले ३० तथा देव खनालले २५ रन बनाए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३० रन बनाएको थियो । चितवनका लागि इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक बनाए । बोपाराले ४० बलमा अविजित ५९ रन बनाए । 

चितवनले पहिलो दुवै खेल जितेको थियो भने कर्णालीले पहिलो दुवै खेल हारेको थियो । चितवनले यसअघिका खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो ।

याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्