०६ साउन २०८३, बुधबार
नेपाल प्रिमियर लिग

कप्तान रोहितको ९५ रनको शानदार मद्दतमा पोखरालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य

मंसिर २१, २०८१
काठमाडौं
कप्तान रोहितको ९५ रनको शानदार मद्दतमा पोखरालाई लुम्बिनीले दियो १७१ रनको लक्ष्य

कप्तान रोहित पौडेलले ९५ रनको शानदार पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा लुम्बिनी निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन बनाए । उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

यस्तै, टम मुर्सले ३८ बलमा ४५ रन बनाए । त्यसक्रममा उनले २ चौका र २ छक्का प्रहार गरे । 

यस्तै, सन्दीप जोलाले १८ बनाए भने विवेक यादव २ रनमा अविजित रहे ।

कमेन्ट गर्नुहोस्