
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तु जिल्ला अदालतका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका उनीहरूविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आपसी मिलोमतोमा वेरीतको वण्डा मुचुल्का बदर गरी पुन: वण्डा मुचुल्का गरिदिने तथा तारेखसमेत दिने प्रयोजानार्थ सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।