
नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषाको संयुक्त आयोजनामा जनकपुरधाममा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरिएको हो ।
शिविरको दोस्रो दिनसम्म करिब २५ सयभन्दा बढीले स्वास्थ्य सेवा लिएका संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिए ।
उनका अनुसार नेपाल-भारत खुला सीमाका कारण भारतको विहार उत्तर प्रदेश पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरू राम-जानकी विवाह हेर्न आउने गरेको छन् ।
खुला सीमा र नेपाल-भारत मैत्री सम्बन्धका आधार स्तम्भका कारण शिविरमा आउने गरेको यात्रीहरूले बताएका छन् ।

शिविर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने र त्यसपछि यात्री विश्राम स्थलमा परिवर्तन गरिने आयोजकले जनाएको छ ।
शिविरमा डा. अजय मिश्र, डा. उदय झा, सिनियर अहेव दिलीप मिश्र, उज्ज्वल झा, शशी सिंह र सोनु यादवलगायतका स्वास्थ्यकर्मीहरूले नि:शुल्क सेवा प्रदान गरिरहेका छन् ।
जसपा नेता तथा प्रदेशसभा सदस्य मनीष सुमन, जिसस प्रमुख रामनन्दन मण्डलले संस्थाले गरेको कामको प्रशंसा गर्दै समाज सेवाको पहललाई प्रेरणादायी रहेको बताए ।
यस्तै, प्रमोद चौधरी, डा. वीरेन्द्रलाल कर्ण, प्राध्यापक देवेन्द्र झालगायतले समूहले गरेको कामको प्रशंसा गर्दै शुभकामना दिएका थिए ।
शिविरमा नेपाल–भारत खुला सीमा संवाद समूहका उपाध्यक्ष शैलेन्द्र झा, धनेश्वर ठाकुर, मनीष ठाकुर, कृष्णकुमार साह र क्लोथ बैंकका उपाध्यक्ष पुरन साह, सचिव मनीष श्रीओम, कार्यक्रम संयोजक रञ्जित झा, खुश्बु साह, नन्दकुमार झालगायतको उपस्थिति रहेको प्रवक्ता प्रमोद साह रङ्गीले जानकारी दिए ।
यो शिविरले विवाह पञ्चमी महोत्सवमा सहभागी तीर्थयात्रीहरूलाई सहज र सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्य राखेको छ।






