३१ जेठ २०८३, आइतबार

उपेन्द्र यादवले थाले चुनावी अभियान, गरे यस्तो आह्वान

कात्तिक २६, २०७४
उपेन्द्र यादवले थाले चुनावी अभियान, गरे यस्तो आह्वान

राजविराज, २६ कार्तिक - सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आजबाट चुनावी अभियान थालेका छन्  । 

गत २०७३ फागुन २३ गते प्रहरीद्वारा सप्तरीको मलेठमा मारिएका ५ जना सहिदको सम्झना गर्दै चुनावी प्रचार–प्रसारको शुरुवात गरेका हुन् । 

उनले  मलेठमा शहीद भएका पाँचैजनाको तस्विरमा माल्र्यापण समेत गरेका थिए  । 

सो क्रममा अध्यक्ष यादवले वर्षौँदेखि उपेक्षित, उत्पीडित र शोषणमा परेका मधेशी जनताको हकअधिकार सुनिश्चितताका लागि मधेशवादी दललाई निर्वाचनमा विजयी गराउनु आवश्यक रहेको बताए  । 

उनले  राजपा –फोरम गठबन्धनलाई नै २ नं. प्रदेशमा भोट दिन सबैलाई आग्रह समेत गरे  । 

बाम गठबन्धनका उम्मेदवार एक सातादेखि नै प्रचारप्रसारमा जुटेको भएपनि उपेन्द्र यादवले भने आजदेखि चुनावी प्रचारमा लागेको फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिए । 

त्यस्तै, उनले  बाम गठबन्धनका उम्मेदवार उमेश यादवको गाउँ लालापट्टी पुगेर नारायण यादव, दामोदर यादव, देवराम यादव र मालिक यादव, भाईहरु कृष्णा यादव, मिथिलेश यादव लगायत सयौँजनालाई पार्टी प्रवेश गराउँदै चुनावी अभियान सुरु गर्नुभएको फोरम नेपालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्