२३ जेठ २०८३, शनिबार

स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

मंसिर २२, २०८१
काठमाडौं
स्टक ब्रोकर एसोसीएसनको अध्यक्षमा ढकाल विजयी, यस्तो छ नयाँ कार्यसमिति

स्टक ब्रोकर्स एसोसीएसन अफ नेपाल(एसबान)को अध्यक्षमा सागर ढकाल विजयी भएका छन् । प्रतिद्वन्दी राजकुमार तिमिल्सिनालाई पराजित गर्दै ढकाल अध्यक्षमा  निर्वाचित भएका हुन् ।

यसअघि सर्वसम्मतिमै एसबानको अध्यक्ष कायम हुने भनिए पनि राजकुमार तिमिल्सिना र ढकालबीच सहमति जुट्न नसकेपछि निर्वाचन भएको हो । 

शुक्रबार भएको निर्वाचनमा ढकालले ८८ मतमध्ये ४५ मत ल्याएर जीत हात पारे । तिमिल्सिनाले ४३ मत प्राप्त गरे । एसोसीएसनको उपाध्यक्षमा नितेश अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल र सचिवमा बिनय पौडेल निर्वाचित भएका छन् । 

यसैगरी कार्यसमितिको सदस्यमा विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव र प्रियन्सु अग्रवाल निर्वाचित भएका छन्।

salt training

कमेन्ट गर्नुहोस्