०७ असार २०८३, आइतबार

पाथीभराको घण्टी बिक्री स्थगन

मंसिर २२, २०८१
ताप्लेजुङ
पाथीभराको घण्टी बिक्री स्थगन

पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री प्रक्रिया स्थगित गरेको छ । घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले बिक्री प्रक्रिया स्थगन गरेको हो । 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टी लिलामी रोक्ने निर्णय गरिएको उल्लेख छ । 

समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही  मङ्सिर १४ गते गोखरखापत्र दैनिक पत्रिकामा पुराना घण्टी लिलामी बिक्रीका लागि सर्वजनिक सूचना प्रकाशित गरेको थियो । 

विभन्न भक्तजनहरूले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो एक सय ग्राम पुराना बिक्रीका लागि घण्टी प्रतिकिलो न्यूनतम तीन सय ८० तोकिएर बिक्री प्रक्रिया अगाडि बढाएको थियो । 

सामाजिक सञ्जालमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचना आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।

salt training

कमेन्ट गर्नुहोस्