३१ जेठ २०८३, आइतबार

कपिलवस्तुमा बस र कार ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

मंसिर २२, २०८१
बुटवल
कपिलवस्तुमा बस र कार ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

कपिलवस्तुमा शनिबार बिहान बस र कार एकआपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

भैरहवा–तौलिहवा सडक खण्डअन्तर्गत शुद्धोधन गाउँपालिका–३ मा भएको दुर्घटनामा कार चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–४, हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्की र प्युठानका ४३ वर्षीय निमबहादुर सारूको मृत्यु भएको हो ।

भैरहवाबाट तौलिहवाका लागि छुटेको लु २ ख २३१ नम्बरको बसले तौलिहवाबाट भैरहवाका लागि छुटेको बा १४ च ७४४८ नम्बरको कारलाई ठक्कर दिँदा दुर्घटना जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले बताए ।

कारसँगै लु ३८ प ९१९९ नम्बरको मोटरसाइकल पनि बससँग ठोक्किएको थियो ।

दुर्घटनामा १४ जना घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्