२५ असार २०८३, बिहीबार

सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला

मंसिर २२, २०८१
चितवन
सबै दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै राजनीतिक दलसँगको समझदारीमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकार गठनका बेला भएको सहमतिअनुसार संविधान संशोधन हुनुपर्ने बताए ।

'नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर हुँदैन,' उनले भने ।

फरक प्रसङ्गमा उनले वर्तमान सरकार परिवर्तन नहुने बताए ।

सुशासन कायम गर्न सबैको सक्रिय सहयोग अपरिहार्य भएकामा नेता कोइरालाले जोड दिए ।​

बीआरआईसम्बन्धी चीन र नेपालबीचको सम्झौता ऋण नभई अनुदान हुने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्