३२ असार २०८३, बिहीबार

शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रचण्ड

मंसिर २२, २०८१
काठमाडौं
शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हु्न् । 

उनले विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुङ्गोमा पुर्‍याउन दायाँ र बायाँ कोणबाट प्रस्ताव आए पनि आफूले सहमतिमै जोड दिएका कारण केही ढिलोगरी भए पनि यो राष्ट्रिय सहमतिबाट पूरा हुने बताए । एकथरि शक्तिमा यो माओवादी र काङ्ग्रेसको मात्रै समस्या हो जस्तो देखाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई राष्ट्रिय समहतिबाटै टुंगोमा पुर्‍याउनुपर्ने र त्यो अन्तिम चरणमा पुगेको जानकारी दिए । 

एकता प्रक्रियामा जोडिएका शिक्षकहरूलाई स्वागत गर्दै उनले यसले वृहत एकता र धुवीकरणको बाटो फरालिको बनाउने बताए ।आज मात्रै तीन वामपंथी दलसित एकता वार्ता भएको जानकारी दिँदै उनले अब एकताको विकल्प नभएकोमा धेरैको साझा निष्कर्ष बन्न थालेको बताए । 

नेपालको राजनीति आन्दोलनमा जागरण पैदा गर्न शिक्षकहरूको ऐतिहासिक भूमिका रहँदै आएको बताउँदै प्रचण्डले अहिलेसम्म सरकारको नेतृत्व गर्ने धेरै नेताहरू शिक्षक पृष्ठभूमिका भएका उल्लेख गरे । तर, शैक्षिक सुधारमा अपेक्षित परिणाम नदेखिनु दु:खद् रहेको उनको भनाइ छ । 

आफू प्रधानमन्त्री भएको बेला निकै जोडबल गरेर शिक्षा विधेयक संसद्‌मा पुर्‍याएको उल्लेख गर्दै उनले यसलाई पारित गराउन फेरि एकपटक जोड दिनुपर्ने बताए । 

अध्यक्ष प्रचण्डले विधेयक अझै पूर्ण नभएको र शिक्षक आन्दोलनका माग समेटेर संशोधित विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्