२३ जेठ २०८३, शनिबार

सिरियाका चार शहर विद्रोहीको कब्जामा, शरणका लागि रुस जाने तयारीमा राष्ट्रपति

मंसिर २३, २०८१
काठमाडौं
सिरियाका चार शहर विद्रोहीको कब्जामा, शरणका लागि रुस जाने तयारीमा राष्ट्रपति

सिरियामा विद्रोही समूह शक्तिशाली बन्दै गएको र बशर अल असद सरकार कमजोर हुँदै गएपछि इजरायललाई अर्को युद्ध मोर्चा खुल्ने डर बढेको छ। 

विद्रोही सशस्त्र बलले गोलान हाइट्स क्षेत्रमा रहेको बफर जोनमा प्रवेश गरेका छन् र संयुक्त राष्ट्रका पर्यवेक्षक बलमाथि आक्रमण गरिरहेका छन्। यसले इजरायल-सीरियाबीचको तनाव चुलिँदै गएको इजरायी विदेश मन्त्री गिदोन सारले बताएका छन्।

विद्रोहीको गतिविधिले गोलान हाइट्स क्षेत्रमा रहेका इजरायली नागरिकको सुरक्षामा जोखिम बढाएको इजरायली विदेश मन्त्रीले जनाएका छन्। 

उनले सामाजिक सञ्जाल एक्स मार्फत लेखेका छन्, ‘पछिल्लो २४ घण्टामा सशस्त्र समूहले इजरायलसँग सीमा जोडिएको बफर जोनमा प्रवेश गरेका छन्। उनीहरूले संयुक्त राष्ट्र पर्यवेक्षक बलमाथि आक्रमण गरिरहेका छन्। सन् १९७४ मा भएको विघटन सम्झौताको उल्लंघनले इजरायली नागरिकको सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ। यद्यपि, इजरायलले सिरियाको आन्तरिक द्वन्द्वमा हस्तक्षेप गर्ने कुनै योजना बनाएको छैन । ’

सिरियाका विद्रोही समूहका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल हसन अब्दुल गनीले आइतबार जानकारी दिँदै दारा, कुनैतरा, सुवेदा र होम्स शहर आफ्नो नियन्त्रणमा आइसकेको बताएका छन्। अब उनीहरूको ध्यान राजधानी दमास्कसलाई कब्जामा लिनेमा केन्द्रित छ। विद्रोहीको दबदबा बढेसँगै राष्ट्रपति बशर अल असदको परिवार सिरिया छोडेर रूस जाने तयारीमा रहेको चर्चा चलिरहेको छ।

इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट-जनरल हर्जी हलेवीले  सिरिसयाको गृहयुद्धमा हस्तक्षेप गर्ने कुनै योजना नरहेको बताएका छन् ।

‘इजरायली रक्षा बल (आईडीएफ) कुनै पनि परिस्थितिका लागि तयार छ। हामी अहिलेका घटनाक्रममा नजिकबाट निगरानी गरिरहेका छौं। इजरायलले सिरियाको गृहयुद्धमा हस्तक्षेप गर्ने योजना राखेको छैनֺ’, उनले भने । 

यसअघि इजरायली सेनाले संयुक्त राष्ट्र संघ शान्ति सैनिकको सहयोगमा गोलान हाइट्समा विद्रोहीको आक्रमण रोक्नका लागि काम गरिरहेको पुष्टि गरेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्