१२ साउन २०८३, मंगलबार
सहकारी ठगी प्रकरण

माओवादी विद्यार्थी नेता दीपेशकी पत्नीविरुद्ध पक्राउ पुर्जी

मंसिर २३, २०८१
काठमाडौं
माओवादी विद्यार्थी नेता दीपेशकी पत्नीविरुद्ध पक्राउ पुर्जी

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा माओवादी विद्यार्थी नेता दीपेश पुनकी पत्नीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतका अनुसार पुनकी पत्नी सविना आले मगरविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का महासचिव पुनकी पत्नी सविना स्वर्णलक्ष्मीमा लेखा समिति सदस्यको रूपमा आवद्ध थिइन् । 

सो सहकारीको अपचलनबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा काठमाडौं प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित २४ जनाविरुद्ध अनुसन्धान गरिरहेको छ । 

पूर्वराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी घोटाला प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्