१० असार २०८३, बुधबार

गृहमन्त्रीबिनै बन्दै छ सुरक्षा रणनीति

कात्तिक २७, २०७४
गृहमन्त्रीबिनै बन्दै छ सुरक्षा रणनीति

काठमाडौं, २७ कात्तिक- आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा गृहमन्त्रीको उपस्थितिबिनै सुरक्षा रणनीति र क्षेत्रीय सुरक्षा गोष्ठी हुन थालेका छन् ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्मालाई बिनाविभागीय बनाइपछि हाल प्रधानमन्त्री शेरबहादुर देउवाले आफैंसँग राखेको गृह मन्त्रालयमा उनी एकपटक पनि पुग्न भ्याएका छैनन् ।

गृहमन्त्री अनिवार्य उपस्थित हुने मन्त्रालयले आयोजना गरेको सुरक्षा गोष्ठीमा उनको उपस्थिति छैन । तीन दिनअघि पोखरामा सम्पन्न भएको प्रदेश ४ र ५ को विशेष सुरक्षा गोष्ठी पनि विभागयी मन्त्रीको उपस्थितिबिनै सम्पन्न भयो ।

सुरक्षा गोष्ठीमा यसअघि मन्त्रीको उपस्थिति मात्रै होइन, उनको निर्देशनलाई महत्वका साथ हेरिन्थ्यो । सुरक्षा गोष्ठीमा निर्वाचन आयुक्त, गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, प्रवक्ता नारायणप्रसाद दवाडी, तीनवटै सुरक्षा निकायका प्रमुख, क्षेत्रीय प्रशासकहरू, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला प्रहरी प्रमुखहरूको मात्रै उपस्थिति रह्यो ।

 विभागीय मन्त्रीको उपस्थितिलाई सुरक्षा गोष्ठीमा अनिवार्य नठानिए पनि आयुक्तले दिएको निर्देशनलाई पालना गर्नुपर्ने अवस्था सिर्जना भएको छ, राजधानी दैनिकमा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्