०२ असार २०८३, मंगलबार

एउटा खरबुजाका कारण ८० करोड रुपैयाँ तिर्न आदेश

कात्तिक २७, २०७४
एउटा खरबुजाका कारण ८० करोड रुपैयाँ तिर्न आदेश

वालमार्टबाट खरबुजा किन्न गएका एक व्यक्ति घाइते भएपछि पसलेले  करिब ८० करोड रुपैयाँ(७.५ मिलियन डलर) तिर्नुपर्ने भएको छ । 


यो समाचार अमेरिकाको अलबामा राज्यको हो । जुलाई २०१५ मा हेनरी वाल्करको खुट्टा काठले बनाएको एक पट्टीमा फसेको थियो । उनी खरबुजा किन्न दोकानमा गएको समयमा घाइते भएका थिए । 


५९ वर्षीय वाल्करले फेनिक्स सिटी अदालतमा खरबुजा किन्न गएको समयमा काठमा अड्किएर आफू लडेको बताए । उनले जसका कारण आफ्नो कम्मर र खुट्टा भाचिएको बताए । 


तर यो आरोपलाई स्टोरका मालिक भने स्विकार गर्ने पक्षमा छैनन् । उनले आफ्नो फलफूल डिस्प्ले निकै सुरक्षित भएको र यसलाई परिवर्तन गर्ने पक्षमा नभएको बताए । उनले अमेरिकाभर यस्तै खालको डिस्प्ले वा फलफुल राख्ने व्यवस्था हुने गरेको भन्दै आफ्नो गल्ती नभएको बताएका छन् । 


वालमार्टले जूरीको यस निर्णयको विरुद्धमा अपील गर्ने जनाएका छन् । वाल्कर एक सेवानिवृत्त आमी हुन् । जुरीले २५ लाख डलर मुआवजा र ५० लाख डलर सजायको रुपमा तिर्न भनेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्