१७ असार २०८३, बुधबार

अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती, दिउँसो लुम्बिनी र काठमाडौं भिड्ने

मंसिर २६, २०८१
काठमाडौं
अपराजित जनकपुरलाई सुदूरपश्चिमको चुनौती, दिउँसो लुम्बिनी र काठमाडौं भिड्ने

नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदै छन् । पहिलो खेलमा अनिल साह नेतृत्वको अपराजित जनकपुर बोल्ट्स र दिपेन्द्र सिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सबीच हुने छ । दुई टीमबीचको खेल बिहान ९ बजेबाट शुरू हुनेछ ।

यसैगरी, दोस्रो खेलमा रोहित पौडेल नेतृत्वको लुम्बिनी र करण केसी नेतृत्वको काठमाडौं गुर्खाज आमनेसामने हुने छन् । यी दुई टीमबीचको खेल दिउँसो सवा १ बजे शुरू हुने छ । 

प्रतियोगिताको एक मात्र अपराजित जनकपुरले यसअघिका चारमध्ये चारै खेलमा जीत निकालेको छ । 

आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिमविरुद्ध मैदान उत्रिँदा जनकपुर बोल्ट्स जीतसहित प्लेअफ पुग्ने पहिलो टिम बन्ने लक्ष्यमा हुनेछ । आजको खेलमा सुदूपश्चिमविरुद्ध जीत निकाले जनकपुर प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमै विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकालेको जनकपुरले दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि आठ विकेटकै जीत निकालेको थियो । तेस्रो खेलमा जनकपुरले पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको र चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध एक रनको जीत निकालेको थियो ।

चारमध्ये तीन खेलमा जीत निकालेको सुदूरपश्चिम पनि आजको खेलमा जीतसहित प्लेअफको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ । चार खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा छ । 

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जीत निकालेको थियो । दोस्रो खेलमा काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको जीत, खेलमा लुम्बिनी लायन्सविरुद्ध ४५ रनको जीत दर्ता गरेको थियो । चौथो खेलमा भने सुदूरपश्चिमले चितवन राइनोजविरुद्ध ३३ रनको हार बेहोरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्