
मंसिर २८ गते हुने पत्रकार महासंघको निर्वाचन अघि नै प्रेस सेन्टर निकटका केही पत्रकार सर्वसम्मत भएका छन् ।
कोशी प्रदेशबाट प्रदेश कमिटीमा अमृता विश्वकर्मा (सदस्य), बुद्धमाया सोंगी (सदस्य)। कर्णाली प्रदेशबाट सविता जिसी घर्ती (सदस्य) मोनिका बोहोरा (सदस्य), उपत्यका प्रदेशबाट रमिला योञ्जन (महिला सदस्य), विष्णु कुमारी पौडेल (महिला सदस्य) प्रदीप कुमार मण्डल (मधेसी सदस्य) पदमा निर्विरोध भएको प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले जानकारी दिए ।
उनका अनुसार तुलसी सापकोटा (कोषाध्यक्ष)सहित सदस्यमा राजाराम बोहोरा, नुतुन राई, ईश्वर बहादुर विश्वकर्मा, प्रेम कुमार श्रेष्ठ र किस्मत अलि शेख निर्विरोध भएका छन् ।