०३ साउन २०८३, आइतबार

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

मंसिर २६, २०८१
काठमाडौं
जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् ।     
     
कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

‘इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ’, उनले भने । 

गत भदौदेखि जसपा नेपालले आधारभूत सङ्गठन निर्माणको चार महिने अभियान शुरू गरेको थियो । यही मंसिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्