२५ जेठ २०८३, सोमबार

कोही नडराए हुन्छ, वाम गठवन्धनले अधिनायकवाद ल्याउँदैन : बाबुराम

कात्तिक २७, २०७४
कोही नडराए हुन्छ, वाम गठवन्धनले अधिनायकवाद ल्याउँदैन : बाबुराम

गोरखा, २७ कात्तिक– नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा लोकतान्त्रिक गठवन्धनबाट गोरखा क्षेत्र नम्बर–२ का उम्मेदवार डा. बाबुराम भट्टराईले एमाले र माओवादीसहित वाम गठवन्धनले कुनै अधिनायकवाद नल्याउने बताएका छन् । 

सोमबार गोरखाको पालुङटार नगरपालिको च्याङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टराईले वाम गठवन्धनले अधिनायकवाद ल्याउँछ भनेर कसैले डराउनु आवश्यक नरहेको पनि स्पष्ट पारे । ‘कोही नडराए हुन्छ, वाम गठवन्धनले अधिनायकवाद ल्याउँदैन,’ नेता भट्टराईले भने, ‘सर्वहारा वर्गलाई माओवादी र एमाले दुवै लाडिसके । किसान मजदुरका कुरा गर्न छाडिसके ।’

नेपाली कांग्रेसको समर्थनमा लोकतान्त्रिक गठवन्धनबाट गोरखा–२ का उम्मेदवार रहेका पूर्व माओवादी नेता भट्टराईले वाम गठवन्धन भ्रम छर्नका लागि मात्रै सिर्जना गरिएको पनि आरोप लगाए । ‘यो गठवन्धन त खाली भ्रम छरेर चुनाव जित्ने र फेरि राज्यशक्ति हातमा लिए साधन स्रोतको दोहन गर्ने उद्देश्यका साथ सिर्जना भएको हो,’ भट्टराईले भने । 

वाम गठवन्धन घोषणा हुँदा नेकपा एमाले र माओवादीकै साथमा रहेका भट्टराईले माअाेवादी अध्यक्ष प्रचण्ड पनि ढिलो चाँडो आफ्नै बाटोमा आउनुपर्ने पनि ठोकुरा गरे । ‘प्रचण्डलाई त मैले पहिल्यै भनिसकेको छु, या त माओवादी विघटन हुन्छ, या त मेरै बाटोमा आउनुपर्छ,’ नेता भट्टराईले भने । 

वाम गठवन्धनबाट अलग्गिएर कांग्रेसको समर्थन खोज्न पुगेका भट्टराई गोरखा–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसको समर्थनमा उम्मेदवार छन् । उनको विरुद्धमा वाम गठवन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्