२० असार २०८३, शनिबार

चार महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या करिब डेढ लाख

मंसिर २७, २०८१
काठमाडौं
चार महिनामा भित्रियो साढे ५ खर्ब रेमिट्यान्स, श्रम स्वीकृति लिने संख्या करिब डेढ लाख

चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण अर्थात् रेमिट्यान ५ खर्ब २१ अर्ब भित्रिएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ९.१ प्रतिशतले बढेर ५ खर्ब २१ अर्ब ६३ करोड रूपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको हो । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ८७ करोड पुगेको छ । 

अघिल्लो वर्ष यस्तो आप्रवाह ३ अर्ब ६० करोड रहेको थियो ।

कात्तिक महिनासम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ४७ हजार ४७८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ९४ हजार १०५ रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्