०१ साउन २०८३, शुक्रबार

बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव दहाललाई

मंसिर २७, २०८१
काठमाडौं
बीमा प्राधिकरण अध्यक्षको जिम्मेवारी सहसचिव दहाललाई

नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रूपमा कामकाज गर्ने भएका छन् । 

बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरियतामा रहेका दहाललाई प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्ने गरी मन्त्रालयले जिम्मेवारी दिएको हो ।

यसअघिका प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

आयोगले सोमबार उनीविरुद्ध नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको भन्दै मुद्दा दायर गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्