०१ असार २०८३, सोमबार

औषधि विधेयक अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

मंसिर २७, २०८१
काठमाडौं
औषधि विधेयक अन्तिम चरणमा छः स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले संसद्को आगामी अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए । 

उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु रहेको छ । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगलले औषधि उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशतको हाराहारीमा आवश्यकता अनुसारको औषधि उत्पादन हुन्छ । कतिपय औषधि, खोपलगायत नेपालमा उत्पादन हुन सक्दैनन् । औषधिमा आत्मनिर्भर हुने कुरा जटिल नै छ ।”

स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने, कानुनी प्रबन्ध त्यसअनुसार निर्माण गर्ने र स्वदेशमै उत्पादित औषधि खरिद गर्ने, राज्यले निःशुल्क गरेका औषधि स्वदेशी उत्पादन हुनुपर्नेलगायत विषय छलफल गरिरहेको मन्त्री पौडेलले बताए । 

मन्त्रालयका सचिव डा रोशन पोखरेलले नेपालमै उत्पादन हुने औषधिको आयातमा विचार गर्नुपर्ने आवश्यकता रहेको बताए । 
    
सांसद देवेन्द्र पौडेलले बीमा सरल र सहज नभएको बताए । उनले कुनै नागरिकले भनेको बेला उपचार पाउनुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्