२५ असार २०८३, बिहीबार

काठमाडौंको तापक्रम निरन्तर घट्दै, आज कस्तो रहला देशभरको मौसम ?

मंसिर २८, २०८१
काठमाडौं
काठमाडौंको तापक्रम निरन्तर घट्दै, आज कस्तो रहला देशभरको मौसम ?

हाल तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ । 

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति पनि देशभरको मौसम सफा रहने छ । 

आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो । जुन यो वर्षको हालसम्मको सबैभन्दा कम हो ।

यसअघि हिजो उपत्यकाको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियसम्म झरेको थियो । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्