३१ जेठ २०८३, आइतबार

दुई वटा औषधि पसलमा शिलबन्दी

कात्तिक २७, २०७४
दुई वटा औषधि पसलमा शिलबन्दी

काठमाडौँ, १७ कात्तिक - नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई आज शिलबन्दी गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो । 

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले आज शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ । 

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए  । 

salt training

कमेन्ट गर्नुहोस्