०४ असार २०८३, बिहीबार

रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला बने प्रथम

मंसिर ३०, २०८१
काठमाडौं
रोल्लर स्केट प्रतियोगिता : पुरुषतर्फ राजन र महिलातर्फ निर्जला बने प्रथम

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले आयोजना गरेको तेस्रो राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता–२०८१ का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । 

काठमाडौंको गल्फुटार स्केटपार्कमा दुई दिनसम्म चलेको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो ।

पुरुषतर्फ राजन मक्राती प्रथम भएका छन् । यस्तै, सोहन गुरुङ द्वितीय र रोहन कुँवर तृतीय भएका आयोजक सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी गराए । 

उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेको अध्यक्ष खनालले बताए ।

यस्तै, महिलातर्फ निर्जला श्रेष्ठ प्रथम, सन्ध्या मगर द्वितीय र निमिशा तामाङ तृतीय भएका छन् । उनीहरूले क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका महासचिव सत्य थापाले जानकारी दिए । 

प्रतियोगिताको पहिलो दिन शनिबार दुई सय ५० पुरुष र एक सय ५० महिला खेलाडीको सहभागितामा छनोट चरणका खेलहरू भएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आइतबार प्रतियोगिताको उद्‌घाटन गरेका थिए ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घले वार्षिक रूपमा राष्ट्रिय फ्री–स्टाइल रोल्लर स्केट प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतियोगिताका विजेतालाई दक्षिण कोरियामा आगामी जुन महिनामा आयोजना हुने एसियन रोल्लर डारबी प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्