२४ जेठ २०८३, आइतबार

हिन्द महासागरको एउटा सानो टापुमा शक्तिशाली आँधी, कम्तिमा सयको मृत्यु

पुस १, २०८१
काठमाडौं
हिन्द महासागरको एउटा सानो टापुमा शक्तिशाली आँधी, कम्तिमा सयको मृत्यु

हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानले ठूलो जनधनको क्षति गरेको छ । फ्रान्सको स्वामित्वमा रहेको भनिएको यो द्वीपमा ‘चिडो’ नामको चक्रवाती तुफानका कारण कम्तिमा एक सय जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

यो संख्या अझै बढ्न सक्ने फ्रान्सका सञ्चार माध्यमहरूले जनाएका छन् । 

२२५ किलोमिटरको गतिमा आएको तुफानलाई एक सय वर्षयताकै सबैभन्दा शक्तिशाली भनिएको छ ।

मेयोटको जनसंख्या ३ लाख २० हजार छ । यहाँ अवैध आप्रवासीको संख्या धेरै छ। ७५ प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनि बस्छन् । 

तुफानका कारण विमानस्थललगायत सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । विद्युत् आपूर्ति ठप्प भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्