२५ असार २०८३, बिहीबार

गुल्मीको इस्मामा घरमै मृत फेला परिन् एक महिला

पुस १, २०८१
बुटवल
गुल्मीको इस्मामा घरमै मृत फेला परिन् एक महिला

गुल्मीको इस्मामा एक महिला मृत फेला परेकी छिन् । इस्मा गाउँपालिका–४ हुलकी ५० वर्षीया मीना दर्लामी आफ्नै घरमा मृत फेला परेकी हुन् । 

स्थानीय भोला सिंह थापाले मृतक दर्लामीको शरीरभरि चोट र रगत रहेको बताए । घरमा श्रीमान् शिवबहादुर दर्लामी र मिना बस्दै आएका थिए । 

घटनास्थलमा शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थलतर्फ गएको  छ ।

घटनाको मुचुल्कापछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्