१५ असार २०८३, सोमबार

ललितपुर महानगरद्वारा ‘अदृश्य कामहरू दृश्यमा’ सार्वजनिक

पुस १, २०८१
काठमाडौं
ललितपुर महानगरद्वारा ‘अदृश्य कामहरू दृश्यमा’ सार्वजनिक

ललितपुर महानगरपालिकाले एक वर्ष भित्र गरेका कामहरूलाई चित्रमा उतारेर सार्वजनिक गरेको छ ।

ललितपुर महानगरको १०६ औं दिवसको अवसर पारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर सोमबार सार्वजनिक गरिएको हो ।

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो । 

कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुंगेधारालगायत सांस्कृतिक र पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवं संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो ।

महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरुलाई समेत चित्रमा उतारिएको थियो । 

ललितपुर महानगरले अनधिकृत संरचना हटाएको, बाढीपहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढंगले हिँडडुल गर्नका लागि सडकमा हुने सवारी पार्किङ हटाइएको लगायत कामहरूलाई समेत चित्रमा उतारिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवं महानगरका मेयर महर्जनले ललितपुर महानगरवासीको साथ र सहयोगले आफ्नो नेतृत्वमा धेरै कामले सफलता हासिल गरेको बताए ।

उनले महानगर प्रहरीको नेतृत्व हाछेथुको मेहनतले महानगरभित्र भइरहेका विकृति र विसंगतीका कार्यहरू समेत रोकिएको बताए ।

‘नेतृत्व मेरो हो, तर हामी सबैले टिमवर्कमा काम गरेका छौं, सबैको मेहनतले नै महानगरवासीलाई चुस्त दुरुस्त सेवा दिन सफल भएका छौं,’ मेयर महर्जनले भने, ‘ललितपुर महानगर काममा विश्वास गर्छ, धेरै हल्ला गर्दैन ।’

salt training

कमेन्ट गर्नुहोस्