०२ असार २०८३, मंगलबार

८० प्रतिशत नागरिक दन्त उपचार सेवाबाट वञ्चित

पुस २, २०८१
काठमाडौं
८० प्रतिशत नागरिक दन्त उपचार सेवाबाट वञ्चित

मुलुकमा ८० प्रतिशत नागरिक अझै पनि दन्त उपचार सेवाबाट वञ्चित रहेका छन् ।

कान्तिपुर डेन्टल कलेज तथा अस्पतालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अझै ८० प्रतिशत जनता दन्त उपचार सेवाबाट वञ्चित रहेका जानकारी दिइएको हो ।
      
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्यको समस्या अधिकांश नेपालीमा रहे पनि उचित उपचार हुन नसकेको बताP । 

विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुखको स्वास्थ्यको रहेको भन्दै उनले दन्त सेवामा सबै नेपालीको पहुँच नपुगेको बताएका हुन् । 

डा श्रेष्ठका अनुसार नेपालमा ४५ वर्षभन्दा कम उमेरमा ‘पाइरियाका’ले गर्दा दाँत झर्ने, दाँतमा किरा लाग्ने, गिँजाको रोग तथा मुखको क्यान्सरलगायत समस्याहरू देखिएका छन् । नेपाल मेडिकल काउन्सिलमा हाल चार हजार आठ सय ८३ दन्त चिकित्सक तथा सात सय ५६ जना दन्त विशेषज्ञ रहेका उनले जानकारी दिए । 

डा श्रेष्ठले अधिकांश ग्रामीण भेगका जनताले चेतनाको अभाव, उपचार पहुँच नहुनुलगायत कारणले उपचार नपाउँदा दाँच किराले खाने, गिँजाको रोग, बाँङ्गोटिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्युमर, सिस्ट तथा अन्य समस्याबाट पीडित हुने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्