०५ साउन २०८३, मंगलबार

यू-१९ महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

पुस २, २०८१
काठमाडौं
यू-१९ महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

१९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । 

नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयानुसार बिहान पौने १२ बजेबाट शुरू हुनेछ ।

यसअघि नेपालले हिजो पाकिस्तानलाई ६ विकेटले हराएको थियो । नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एशियाका ६ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलंका छन् ।  समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

salt training

कमेन्ट गर्नुहोस्